उमेश राईले जिते शरिरिक सुगठनमा रजत पदक

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, २० : ०४
उमेश राईले जिते शरिरिक सुगठनमा रजत पदक

काठमाडौं ।५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपाली टिमका शारीरिक सुगथन विधाको ८० केजी तौल समुहको प्रतिस्पर्धामा नेपालका खेलाडी उमेश राईले रजत पदक जित्न सफल भएका छन। अत्यन्तै प्रतिस्प्रधात्मक रहेको उक्त प्रतियोगितामा थाइल्यान्डका पतैवात अलकावातले तृतिय स्थान तथा भारतका आस्विन सेट्ठीले स्वर्ण पदक जित हासिल गरेका थिए ।

 २४ राष्ट्र सहभागी यस शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिप अन्तर्गत ८० केजी तौल समुहको प्रतिस्पर्धामा बिभिन्न राष्ट्रका ८ खेलाडीहरुले भाग लिएको ब्यहोरा ने शा सु सङ्घ का उपाध्यक्ष एबम टिमका ब्यवस्थापाक दिनेश राजभण्डारीले मल्दिभ्सबाट जानकारी गराए । त्यस्तै १० राष्ट्र बिच प्रतिस्पर्धा भएको महिला एथलेटिक फिजिकमा नेपालका सुजिता मानन्धरले छैथो स्थान हाशिल गरेको थियो । यस अघी शारीरिक सुगथन विधा अन्तर्गत फिट्नेस फिजिकका प्रतिस्पर्धी राजु राई ले आफ्नो समूहमा तृतीय स्थान हासिल गरी सकेका थिए ।

आजै प्रतियोगिता उपरान्त एक कार्यक्रम आयोजना गरी नेपाल शरिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष्य श्री राजेश बाबु श्रेष्ठज्युले प्रतियोगितामा पदक जिती देश नाम उचा राख्न सफल खेलाडी द्वय उमेश राई र राजु राई लाई क्रमशस् एक लाख पचास हजार र ७५ हजार प्रदान गरिने घोषणा गरे।

हिजो एशियन फेडरेसनले एक कार्यक्रम आयोजना गरी नेपालले २०२३ मा ५५औ एसियान शा सु प्रतियोगिता आयोजना गर्ने बारे नेपालको तर्फबाट सघका अध्यक्ष्य श्री राजेश बाबु श्रेष्ठज्यु र एशियन फेडरेसनका अध्यक्ष दातुक पउल चुवाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भई एक आपस मा आदान प्रदान गरे । 

५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपालकाँ अन्तर्राष्ट्रिय निर्णायक श्री विजय लाल कयस्थ, नानी काजी डंगोल, लक्ष्मण भट्ट ले निर्णायक को भूमिका निभाएका थिए । 

प्रतिक्रिया दिनुहोस