काठमाडौँ । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रवार भारततर्फ लाग्नेछ। देशभरबाट खुला प्रतिस्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ।
सोही कारण कडा मिहिनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यसाथ प्रतियोगितामा सहभागिता जनाउँदै छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन्।
देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोली निर्माण गरेको हो। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो।
सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुंगो लगाइसकेका छन्। ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको लक्ष्यसहित अभ्यासलाई तीव्रता दिइरहेका हुन्। मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ। खेलाडी छनोटदेखि प्रारम्भिक टोली निर्माणका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक केसीले खेलाडीको अभ्यसाबाट आपूm सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए।
प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए। कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु–२० समूहलाई सहयोगी टोली खुला प्रतिस्पर्धाबाट लिएको थियो। छनोट हुँदा केही सहिद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीको संयोजन भएको छ। बनेको टोलीलाई साफ यु–२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनुपर्ने बाध्यता अहिलेको अवस्था छ। नेपाली टोलीका सदस्य तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट भएको बताए।
यस्तै, सुनसरीबाट यु–२० टोलीमा अटाएका अमर श्रेष्ठले अभ्यास राम्रो भएको बताउँदै प्रतियोगिताको सहभागिता राम्रो हुने बताए।जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्। च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ। उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ।
भुवनेश्वरस्थित कलिङ स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ। त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १९ : ३८
लेखकबाट थप