शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिको म्याद एक हप्ता थपिने

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १९ : ३३
शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिको म्याद एक हप्ता थपिने

काठमाडौँ । अनाधिकृत रुपमा करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको समितिको म्याद एक हप्ता थपिने भएको छ। कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने म्याण्डेटसहित गठन भएको समतितिको कार्यअवधि एक हप्ता थप्न प्रस्ताव गर्ने निर्णय समितिले गरेको हो। बिहीबारको संसद बैठकले समय थप्नेछ।

समितिको १० दिने अवधि शुक्रबार सकिँदै छ। समितिले अहिलेसम्म घटनाको सत्यतथ्य पत्ता लगाउन घटनासँग सरोकार राख्ने अर्थ मन्त्रालयका उच्च अधिकारी, प्राविधिक विज्ञसहितका व्यक्तिसँग सोधपुछ गरेको छ।

समितिले बिहीबार बिहान ८ बजे निवर्तमान अर्थमन्त्री जनार्दशन शर्मासँग सोधपुछ गर्ने भएको छ। उनलाई बिहान उपस्थित हुन आग्रह गरिएको जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।

जेठ १४ गते राति अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारीक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस