छुट्टाछुट्टै जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ४५
छुट्टाछुट्टै जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । मोरङ, रुपन्देही र बर्दियामा सडक दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मोरङ, पथरी शनिश्चरे नगरपालिका–२ पारुहाङ टोलमा प्र.१–०२–००३ ह ५८३ नम्बरको सिटी सफारीको ठक्करबाट सोही ठाउँकी ४ वर्षीया सिहाङ राईको मृत्यु भएको छ । मंगलबार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अटो चालक सहित दुईजनाको मोरङ अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना।६ ख ४००० नम्बरको कन्टेनरले लु।१५ प ९४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर गैडहवा गाउँपालिका–६ बस्ने २१ वर्षीय जितेन्द्र हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले पक्राउ परेको छ । 

बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा नेपालगन्जबाट गोलातर्फ जाँदै गरेको भे।१ ख ३३६४ नम्बरको हाईसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१ बस्ने ३२ वर्षीय बसन्त थारुको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।