काठमाडाैँ । नर्वेको महिला फुटबल टोलीका मुख्य प्रशिक्षक मार्टिन सोग्रिनले पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वमा रहेको टोलीले महिला युरोकपको समूह चरण पार गर्न नसकेपछि उनले पद छाड्ने निर्णय गरेका हुन् ।
नर्वेको फुटबल संघले मंगलबार सिग्रिन जिम्मेवारीबाट अलग भएको पुष्टि गरेको छ । उनले सन् २०१६ देखि नर्वेको प्रशिक्षण सम्हालेका थिए ।दुईपटकको युरोकप विजेता नर्वेलाई यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको थियो तर टोलीको प्रदर्शन सोचेअनुरूपको भने हुन सकेन । नर्वेले समूह ‘ए’ को पहिलो खेलमा नर्दन आयरल्याण्डमाथि ४–१ को सहज जितसहित प्रतियोगितामा सुखद सुरुवात गरे पनि दोस्रो खेलमा घरेलु टोली इंगल्याण्डसँग ८–० र समूह चरणको अन्तिम खेलमा नर्वे अस्ट्रियासँग १–० ले पराजित भएसँगै प्रतियोगितबाट बाहिरियो ।
‘नर्र्वेको महिला राष्ट्रिय टोलीलाई सन् २०१६ देखि अहिलेसम्म प्रशिक्षण दिए । मेरो प्रशिक्षणमा नर्वेले तीन प्रतियोगिता खेल्यो । यो टोलीसँग मेरो यात्रा विशेष रह्यो’, सिग्रिनले भनेका छन्, ‘हामीले यसपटक प्रतियोगितामा ठूलो लक्ष्य राखेका थियौ तर हाम्रो यात्रा समूह चरणमै सीमित बन्यो । त्यसैले मैले पदबाट अलग हुने निर्णय लिएको हुँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, ११ : १८
लेखकबाट थप