२७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोश्रो खोप लगाउन शुरु

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, ०७ : ५४
२७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोश्रो खोप लगाउन शुरु

काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई  कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सोमबारदेखि सुरु भएको खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुनेछ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो मात्राका लागि गत असार ९ गतेदेखि १५ गतेसम्म खोप २७ जिल्लामा अभियान सुरु गरेको थियो ।  । पहिलो मात्रामा जस्तै दोस्रो मात्रामा पनि बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । 

 पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गरे 

दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस