काठमाडौं । बागमती प्रदेशसभाको बैठक तय भएको छ ।
प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने तय भएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार बगमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, ०७ : ५१
लेखकबाट थप