अल्लू अर्जुनले ‘पुष्पा–२’मा पारिश्रमिक बढाए

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १५ : २०
अल्लू अर्जुनले ‘पुष्पा–२’मा पारिश्रमिक बढाए

काठमाडाैँ । गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ले देश तथा विदेशमा प्रशंसा मात्रै पाएन बक्स अफिस कलेक्सन दुबै राम्रो गर्यो ।  यही चलचित्रबाट अल्लू अर्जुन, रश्मिका मन्दाना र सामान्था रुथ प्रभुले उत्तर भारतमा पपुलारिटी कमाए । 
 
अब चाँडै नै ‘पुष्पा–२’ आउँदै छ । दोस्रो भागका लागि चलचित्रमा अभिनेता र निर्देशक सुकुमार दुबैले आफ्नो पारिश्रमिक बढाएका छन् । अभिनेताले सिक्वेलका लागि पहिलाभन्दा दोब्बरले पारिश्रमिक बढाएर भारु ८५ करोडको डिमाण्ड गरेका छन् । यदि अल्लूले उनले भने अनुसारको पारिश्रमिक पाएमा तेलुगु फिल्म इन्डष्ट्रिमा यो नयाँ रेकर्ड हुनेछ । 

यसको पहिलो भागमा उनले भारु ४५ करोड पारिश्रमिक लिएका थिए । र, फिल्मको प्रोफिटबाट पनि आफ्नो हिस्सा पाएका थिए । त्यस्तै पुष्पाः द राइजका निर्देशक सुकुमारले यसका लागि भारु १८ करोड पारिश्रमिक बुझेका थिए भने सिक्वेलका लागि भारु ४० करोड चार्ज गर्ने भएका छन् । 

चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी भाषामा मात्रै भारु १०० करोड र वर्लडवाइड भारु ३०० करोडभन्दा धेरै कलेक्सन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस