नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्दै सभामुख सापकोटा

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १५ : ०७
नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्दै सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी भएको कुराकानी गरेका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् । 

उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा  पेश गर्ने योजनामा छु ।’

प्रतिक्रिया दिनुहोस