एसिया कप श्रीलंकाबाट सर्ने सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १३ : ३१
एसिया कप श्रीलंकाबाट सर्ने सम्भावना

काठमाडाैँ । एसिसी एसिया कप श्रीलंकाबाट सर्ने सम्भावना बढेको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसिया कप यूएई सर्ने सम्भावना बढेको क्रिकइन्फोले जनाएको छ ।

श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप आफ्नै भूमिमा प्रतियोगिता आयोजना गर्ने अडानमा छ । एसियन क्रिकेट परिषद् (एसिसी) ले एसियाकप श्रीलंकामा गर्ने निर्णय गरेको थियो ।एसिसीको यसै हप्ता बस्ने बोर्ड बैठकले प्रतियोगिता आयोजनाबारे निर्णय गर्नेछ । टी–२० शैलीमा आयोजना हुने एसिया कप २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म हुने तालिका छ ।प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने एक देश गरी ६ टिम सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस