सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए राजीनामा

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १२ : ५१
सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् ।

‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो । यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु । मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् । ‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ । जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो । त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ।

जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन् । उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तितामिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस