इटालीलाई पहिलोपटक भिएनएलको उपाधि

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ११ : ३७
इटालीलाई पहिलोपटक भिएनएलको उपाधि

काठमाडौँ । टर्कीको राजधानी अंकारामा भएको भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि इटालीले जितेको छ । इटालीले आइतबार सम्पन्न फाइनल खेलमा साविक उपविजेता ब्राजिल लाई ३–० सोझो सेटमा पराजित गर्दै पहिलोपटक भिएनएलको उपाधि उचालेको हो । उसले खेल २५–२३,२५–२२ र २५–२२ ले आफ्नो पक्षमा पार्यो । 

त्यस्तै, सर्बियाले आयोजक टर्कीविरुद्धको खेल २७–२५, २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो । इटालीले आयोजक टर्कीलाई २५–१८, २८–२६, २५–२२ तथा ब्राजिलले विश्व विजेता सर्बियालाई १४–२५, २५–१८, २६–२४, २५–१९ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस