एन्फा कार्यसमिति बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ११ : २६
एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौँ । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रोपटक आज कार्यसमिति बैठक बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा अपरान्ह ३ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न १२ बुँदामा छलफलमा हुने बताइएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन् ।

पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका पंकज आज निकै दबाबमा पर्न सक्छन् ।तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन छ । सिइओ, प्रवक्ता, तीन सह–महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।

प्रतिक्रिया दिनुहोस