नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, २० : ४८
नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपाल सिरिजको अन्तिम खेलमा पराजित भएको छ । नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको हो । 

ताइतवड क्रिकेट मैदानमा नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्यान्डले १९ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो  । स्कटल्यान्डका लागि कोलुम मासलेडोले ६४ रन जोडे भने केल क्रिस्टोफरले नट आउट ४४ रनको योगदान गरे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस