दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, २० : ०६
दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडौँ । जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा सुवेदीलाई राजदूतमा नियुक्त गरेकी हुन्।

सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि एग्रिमोका लागि जापान सरकारलाई आग्रह गरिएको थियो। एग्रिमो आएपछि सुवेदी नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस