काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपाल स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दैछ।स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्न लागेको हो।
स्कटल्याण्डमा जारी सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामिबिया सहभागी छन्। नेपालले यसअघि आफ्ना तीन खेलमध्ये दुईमा हार व्यहोरेको छ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्याण्डमाथि जित हात पारेको थियो। शनिबार भएको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भयो।
नेपालले सिरिजको आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्न लागेको हो। लिग–२ मा १९ खेलबाट १७ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ। २३ खेलबाट ३२ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : ४५
लेखकबाट थप