इरानले दियो अमेरिका र इजरायललाई चेतावनी

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १५ : ३५
इरानले दियो अमेरिका र इजरायललाई चेतावनी

काठमाडौं । आफ्नो देशलाई नथर्काउन इरानी सेनाले अमेरिका र इजरायललाई चेतावनी दिएको छ । तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि सबै शक्ति लगाउने भनी अमेरिकाका राष्ट्रपति जो बाइडनले बयान दिएपछि इरानी सेनाको प्रतिक्रिया आएको हो । 

‘अमेरिकी र इजरायलीहरू इरानविरुद्ध बलप्रयोगको मूल्यका बारेमा जानकार छन्,’ इरानी सेनाका प्रवक्ता अबोलफजल शेकर्चीले बताए । उनले बाइडनप्रति व्यक्तिगत आक्रमण समेत गर्दै बाइडनको ज्ञानेन्द्रिय क्षमतामा प्रश्न उठाए । अमेरिकी सेनालाई पनि उनले मजाकमा उडाए । 

इरानलाई थर्काउँदा बाइडन निद्राको अवस्थामा थिए होलान्,’ शेकर्चीले भने । ‘तपाईंको सेनाको पाइन्ट हेर्नुस्, पर्सियाली खाडीमा ती भिज्न सक्छन् ।’अघिल्लो साता इजरायल भ्रमणका क्रममा बाइडनले इरानलाई थर्काएका हुन् । 

प्रतिक्रिया दिनुहोस