त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि तोकेको स्तरअनुरुप नभएको आरोप

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १५ : १३
त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि तोकेको स्तरअनुरुप नभएको आरोप

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापक पदमा पदोन्नति गर्ने प्रक्रियामा त्यहीँ कार्यरत सह–प्राध्यापक सुरेन्द्र श्रेष्ठको तासकन्द, उज्वेकिस्तानबाट लिएको प्रमाणपत्र विवादमा परेको छ ।
उनले लिएको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि तोकेको स्तरअनुरुप नभएको आरोप छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको आन्तरिक प्रतियोगिताबाट इलोक्ट्रोनिक्स इन्जिनियरिङको प्राध्यापक पदमा अन्तर्वार्ता हुने समयमा अर्का सह–प्राध्यापक डा. ज्योति तण्डुकारले अन्तर्वार्ता रोक्का गरि छानबिन गराई पाउँ भनेर त्रिविका उपकुलपतिलाई निवेदन दिएको तर सो सन्दर्भमा हालसम्म ठोस निर्णय नभएको गुनासो गरेका छन् । 

 त्रिवि पाठ्यक्रम विकास केन्द्र, स्तर निर्धारण शाखाले निवेदक ज्योती तण्डुकारलाई पठाएको पत्रमा सुरेन्द्र श्रेष्ठको नाममा पहिले जारी गरिएको समकक्षताको पत्र त्रुटिपूर्ण भएकोले सो पत्रलाई खारेज गर्ने निर्णय गरेको व्यहोरा समाहित छ । 

प्रतिक्रिया दिनुहोस