काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ।पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेककुमार यादव रहेका छन्। उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ।
महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ११ : ५८
लेखकबाट थप