संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ११ : ४८
संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । यस आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको उक्त समितिको बैठक बस्न लागेको हो ।

समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ उक्त समिति बनाइएको हो ।

शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस