धनुषा । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाइकललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते