आजदेखि युट्युब र फेसबूकले नेपालमा पनि कर तिर्नुपर्ने

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ०८ : ०१
आजदेखि युट्युब र फेसबूकले नेपालमा पनि कर तिर्नुपर्ने

काठमाडौं । आजदेखि विद्युतीय सेवा कर लागू भएको छ ।  जसअनुसार, आजदेखि पहिलो पटक युट्युब,  फेसबुक जस्ता प्लेटफर्महरू  करको दायरामा आएका छन् । 

यसका लागि विद्युतीय सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ ।  यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब,  फेसबुक,  नेटफ्लिक्सजस्ता  प्लेटफर्म  करको दायरामा आएका हुन् । यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ । 

वार्षिक  २०  लाख  रुपैयाँभन्दा  बढी  आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको  छ  । स्थायी  लेखा  नम्बर  नलिए  पनि  विद्युतीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस