भारतमा पनि देखियो मङ्कीपक्स

एजेन्सी

शनिबार, ३२ असार २०७९, २० : ३६
भारतमा पनि देखियो मङ्कीपक्स

एजेन्सी । विश्वभर झण्डै ७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखिएको छ । जुलाई १४ मा, केरलाको कोल्लम जिल्लामा भारतको पहिलो मङ्कीपक्स केस पहिचान भएको छ । सङ्क्रमण पहिचान भएको व्यक्ति भर्खरै युएईबाट केरला फर्केका थिए । 

हालसम्म विश्वमा ११ हजारभन्दा बढी मङ्कीपक्स पाइएको छ । सङ्क्रमितको ८० प्रतिशत हिस्सा युरोपमा मात्र पहिचान भएका छन् । ​मङ्कीपक्स भाइरसको इन्क्युबेशन अवधि (सङ्क्रमणदेखि लक्षण देखा पर्ने अवधि) सामान्यतया ७–१४ दिन हुन्छ, तर केहीमा भने भाइरस शरीरमा प्रवेश गरेको २१ दिनपछि पनि लक्षण देखिएको पाइएको छ । 

शरीरका विभिन्न भागमा पिप भेरिएका गाठाँगुठी आउँछ, जुन केही समयपछि पाप्रो उप्किएर हराएर जान्छ । यस अवधि सङ्क्रमितको लागि बढी पीडादायी हुन्छ । ​यूएस नेशनल हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले आफ्नो वेबसाइटमा मङ्कीपक्स संक्रमणविरुद्ध काम गर्ने औषधी र खोप उपलब्ध रहेको बताएको छ । 

मङ्कीपक्सविरुद्ध सिडोफोभिर, एसटी–२४६ र भ्याक्सिनिया इम्युनोग्लोबुलिनजस्ता औषधी दिइने गरिन्छ । त्यसको यसको रोकथामविरुद्ध जीनेओस्टम खोप उपलब्ध छ, जसलाई इम्बाम्यून या इम्बेनेक्स पनि भनिन्छ । यो खोप डेनमार्कको औषधि कम्पनी बाभेरियन नर्डिकले बनाएको हो । अफ्रिकामा भएको यस खोपको प्रयोग ८५ प्रतिशत प्रभावकारी रहेको देखाउँछ । मङ्कीपक्स पहिलेदेखि समय समय अफ्रिकामा क्षेत्रीय स्तरको महामारीको रूप लिने गरेको छ । 

डब्लुएचओको युरोपस्थित प्याथागन थ्रेट टोलीका प्रमुख रिचर्ड पिबोडीका अनुसार मङ्कीपक्स सजिलै नसर्ने र लागिहाले पनि ज्यान जोखिममा पार्ने गम्भीर रोग नलाग्ने भएकाले त्यति डराउने पर्ने स्थिति नभएको बताएका छन् । यसले गर्दा यसले कोभिड–१९ जस्तो ठूलो जोखिम निम्त्याउने छैन । 

प्रतिक्रिया दिनुहोस