गठबन्धन बिना माओवादी चुनाव लड्न सक्दैन : बालकृष्ण खाँण

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १६ : ३५
गठबन्धन बिना माओवादी चुनाव लड्न सक्दैन : बालकृष्ण खाँण

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आगामी चुनावमात्र नभएर धेरै पछाडिसम्मका लागि गठबन्धन आवश्यक रहेको जिकिर गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै खाँणले गठबन्धन बिना माओवादी चुनाव नलड्ने बताउँदै सो कुरा बताएका हुन् ।

उनले भने, गठबन्धन बिना माओवादी एकलै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ । त्यसैले अहिले मात्र होइन धेरै पछाडिसम्म पनि गठबन्धनको आवश्यकता देखिन्छ । गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ  । यसका लागि सबै तयार रहनु पर्छ ।

खाँणले पार्टी नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको पनि जवाफ फर्काएका छन् । गृहमन्त्रीसमेत रहेका खाँणले पार्टीले केन्द्रीय समिति बैठकमा बोल्दै सुराकीको नाममा पोलिटिकल स्टन्ट नगर्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस