काठमाडाैँ । बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ परेका ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबर्जस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरूबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फरार प्रतिवादीको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १३ : ४५
लेखकबाट थप