पोर्न स्टारसँग यौनसम्बन्ध स्थापित गर्न चाहन्छिन् नायिका माहिका

एजेन्सी

सोमबार, २१ जेठ २०७५, १३ : ४०
पोर्न स्टारसँग यौनसम्बन्ध स्थापित गर्न चाहन्छिन् नायिका माहिका

टेलिभिजन नायिका माहिका शर्मा आफ्नो बोल्ड बयानका कारण चर्चामा छाइरहन्छिन् । उनले यसपटक पनि यस्तै बयान दिएकी छिन् जसका कारण उनी लाइमलाइटमा छाएकी छिन् ।

माहिकाले आफूलाई बेलायती पोर्न स्टार डेनी डी र पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीसँग यौनसम्बन्ध स्थापित गर्न कुनै समस्या नभएको बताएकी छिन् ।

एक अन्तर्वार्तामा माहिकाले आफू कहिले पनि भारतीय पुरुषप्रति आकर्षित नभएको पनि बताइन् । उनका अनुसार उनी निकै अघिदेखि पाकिस्तानी क्रिकेटर शाहिद अफरीदी र हलिउड नायक रेयान रोनाल्डमाथि आकर्षित थिइन् । स्मरण रहोस्, माहिकाले बेलायती पोर्न स्टार डेनी डीसँग मिलेर एक प्रोडक्शन हाउस पनि सुरु गरेकी छिन् । यसको ब्यानरमा ‘द मोर्डन कल्चर’ नामबाट एक हिन्दी फिल्म बनिरहेको छ ।

माहिकाले अन्तर्वार्तामा डेनी डीसँग पोर्न फिल्ममा काम गर्नका लागि कुनै आपत्ति नभएको पनि उनले बताएकी छिन् । कास्टिङ काउचको शिकार हुनुभन्दा क्यामराको अगाडि पोर्न फिल्ममा काम गर्नु राम्रो हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस