जुम्लामा जलविद्युतको पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ०८ : ३५
जुम्लामा जलविद्युतको पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु

जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

जिल्लाको हिमा गाउँपालिका १ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाकाका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन्। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

गए राति चौकीदार गाउँतिर गएका थिए। सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो।  राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए। जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस