प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबीच छलफल

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १६ : ३८
प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छलफल गरेका छन। अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवालाई भेटेर गभर्नर अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङ गरेका हुन ।

ब्रिफिङमा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन निर्देशन दिए। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी सहभागी थिए ।

भेटमा गभर्नर अधिकारीले आउँदो साता मौद्रिक नीति ल्याउने बताएको भेटमा सहभगी नेताहरुले बताएका छन् । अहिलेको अवस्था सुधार गर्ने खालको नीति हुनुपर्छ भनेर प्रधानमन्त्री देउवाले अधिकारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस