काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरूबाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशीघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्काबीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको र सो समस्याहरुलाई परराष्ट्र मन्त्रालयले बिना ढिलासुस्ती गरी प्रभावकारी रूपमा सम्बोधन गरी समाधान गर्नको लागि सम्बन्धित निकायहरूलाई निर्देशन गरिदिनसमेत आग्रह गरेका हुन्।अध्यक्ष डा.दत्तले सबैभन्दा बढी तराई मधेशबाट वैदेशिक रोजगारमा जाने गरेको र समस्याहरू धेरै आउने गरेकोले आफू सोप्रति गम्भीर रहेको बताएका छन्।
अध्यक्ष डा.दत्तले विदेशस्थित नेपाली दुतावासहरुले त्यहाँ रोगजार वा विभिन्न सिलसिलामा पुगेकाहरूलाई समस्या पर्दा प्रभावकारी रूपमा त्यहाँका सरोकारवाला निकायहरूसँग समन्वय गरी समस्यालाई तुरुन्त समाधान गर्नुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्री खडकाले आफू र मन्त्रालय सो प्रति सचेत रहेको र पीडितलाई न्याय दिलाउन कुनै कमी कमजोरी नाआउन दिने बताएका छन्उनले आयोग र मन्त्रालय एक आपसमा समन्वय गरेर त्यस्ता आएका उजुरीहरुलाई सक्दो छिटो समाधानतर्फ लग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १६ : १५
लेखकबाट थप