काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि धितोपत्रको आईपीओ खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गरेकोमा ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि र एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने सर्वसाधारणले २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहायक निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले कम्पनीको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखियर अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा साउन १ गते उक्त अवधिसम्म आवश्यक आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई ‘इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला