काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अहिले आर्थिक संकट तथा चौतर्फी भ्रष्टाचार बढिरहेको बताएका छन् ।
सोमवार राती एक ट्वीट गर्दै डा. भट्टराईले श्रीलंकाको जनआक्रोशबाट नेपालका नेताहरूले पनि सिक्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्,'श्रीलंकामा जनआक्रोशबाट राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नुपरेको घटनाबाट नेपाल लगायत अरू देशका नेताहरूले पनि बेलैमा सिक्नु राम्रो होला ।'
डा. भट्टराईले नेपालमा अहिले आर्थिक संकट, चौतर्फी भ्रष्टाचार, परिवारवाद, आसेपासेवाद र मनपरीतन्त्रका कारण मुलुक छिट्टै श्रीलंकाजस्तै बन्ने चिन्ता समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्,'नेपालमा अहिले जसरी आर्थिक संकट, चौतर्फी भ्रष्टाचार, परिवारवाद, आसेपासेवाद र मनपरीतन्त्र गुत्थिँदैछ, त्यो दिन टाढा नहुन सक्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव