अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत छ : सञ्चारमन्त्री कार्की

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, २० : ०४
अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरेका छन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहो¥याए । मन्त्री कार्कीले सबैले एकताबद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी समेत गरे ।

उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऊ । तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु । मुलुकको अर्थतन्त्रमा चुनौतीहरु छन् । ती चुनौतिहरुलाई हामीले सामना गर्नु पर्दछ ।’

उनले थपे, ‘हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतीपूर्ण होइन । हाम्रो अर्थतन्त्र सवल अर्थतन्त्रको रुपमा, गतिशील अर्थतन्त्रको रुपमा, लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढ्न सक्दछ । हाम्रो यो अर्थतन्त्रलाई मजबुत बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढ्यौ भने हाम्रो अर्थतन्त्र सवल हुनेछ ।’

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस