काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एकदिन लोकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन्। राप्रपा नेपाल निकट पुर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएको बताउँदै भविष्यमा सम्बर्द्धनबादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनैतिक शक्ति बन्ने र उक्त शक्तिले नेपाललाई एकदिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छोड्ने विचार व्यक्त गरे ।
विगतमा अन्य हिन्दुराष्ट्रको एजेण्डासँगसँगै अन्य एजेण्डा पनि बोकेर हिड्दा हिन्दुराष्ट्रको स्थापना गर्न नसकिने भए पछि पुनर्गठित राप्रपा नेपालले अन्य एजेण्डालाई छोडेर सम्बर्धनवाद र हिन्दुत्वको मुद्दालाई अगाडि बढाएको बताए। विगतका त्रुटि कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने क्रममा आगामी दिनमा त्यस्ता गल्ती कमजोरी नगर्ने बताउँदै आगामी आम निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्ने पनि उहाँले ठोकुवा गरे । धर्मपरिबर्तन, बेरोजगारि, भ्रष्टाचार र कुशासन अहिलेको महारोग भएको समेत थापाले बताए ।
उनले पुर्ब प्रहरीहरुको भावनाको सम्मान गर्ने पार्टी राप्रपा नेपाल भएको समेत दाबी गरे । हरिहर श्रेष्ठको अध्यक्षतामा रहेकोे पुर्ब प्रहरी परिषद्ले ३५ सदस्यीय कार्यसमितिले पुर्णता पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा