काठमाडौं । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ । घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ।
शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् । यता हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, बेष्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार