वीरगञ्ज । कटुवा पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिका–१ बाट स्थानीयलाई हतियार देखाइ धम्काउने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखियालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनाले कटुवा पेस्तोल लिएर बुधबार साँझ साढे ६ बजेको समयमा स्थानीयलाई धम्काएको खबर पाएपछि पुगेको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई हातहतियार मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको थापाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ