वीरगञ्ज । कटुवा पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिका–१ बाट स्थानीयलाई हतियार देखाइ धम्काउने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखियालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनाले कटुवा पेस्तोल लिएर बुधबार साँझ साढे ६ बजेको समयमा स्थानीयलाई धम्काएको खबर पाएपछि पुगेको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई हातहतियार मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै