लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।
कारागारका जेलर सुवास केसीका अनुसार कारागारकाे क्षमता ३५ जनाकाे मात्रै हो । ‘भवन जिर्ण छ, कैदीबन्दीको संङ्ख्या बढेको बढ्यै छ,' उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।'
सुत्ने बस्न समेत समस्या भएकाे कैदीहरुकाे गुनासो हुने गरेकाे उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदीबन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भुकम्पले जिर्ण बनेकाे छ । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता
लमजुङमा सात जनामा डेंगु सङ्क्रमण
सुन्दरबजारको पाउँदी, नाउँदी र किरेञ्जे खोलामा १८ सय माछाका भुरा छाडियो
लमजुङको पहिरोले मनाङयात्रा सकस
लमजुङको सुन्दरबजारमा २ असारमा म्याराथुन दौड हुने
लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता