मन्त्रालय फर्किए मरासिनी

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १५ : ०१
मन्त्रालय फर्किए मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेका थिए । तर, शर्माले राजीनामा दिएको भोलिपल्ट उनी मन्त्रालय फर्किएका हुन् ।

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनेको छ । समितिलाई १० दिन समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस