काठमाडौँ । दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए। चौध प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ। पालिकाभित्रका सम्पूर्ण बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ। अहिले बबईबाहेक नौ पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा छ।
तुलसीपुर सुनिश्चित घोषणा
तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो भने अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरण प्रमाणीकरण गरेसँगै तुलसीपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० प्रतिशतले लगाए क्यान्सरविरुद्धको खोप, असोज ५ गतेसम्म अभियान जारी रहने
भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
पाठेघरको क्यान्सरविरुद्धको खोप १४ वर्षका किशोरीलाई दिइने
छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान
९ जिल्लामा दादुरा सङ्क्रमण विरुद्धको खोप दिइँदै