लुम्बिनी । लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ।कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका विभिन्न घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाले छ ।
प्रहरीका अनुसार कपिलवस्तुमा जिल्लाका विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्ला नगर बस्ने राजु रोका मगरको छोरा ८ वर्षीय सु चाङ रोका मगरको सोही ठाउँस्थित सुराई खोलामा डुबेर मृत्यु भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ६ सानो बटहनिया स्थित जङ्गलमा करिब ५० वर्षीय महिला मृत अवस्थामा फेला परेकी छन् । यस्तै कृष्ण नगर नगरपालिका २ पुरानो बसपार्कस्थित यात्रु प्रतीक्षालयभित्र भारत घर भएकी करिब ५३ वर्षीय माया बाई मृत अवस्थामा फेला परेकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै गरी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दीपक थापा मृत अवस्थामा भेटिएका छन्, भने पाल्पा जिल्लाको रामपुर नगरपालिका ७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका ५ बस्ने स्याङ्जा चाप कोटका ६९ वर्षीय भुवन दमाई मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने