एजेन्सी । कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन्।
गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो। शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए।
आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन्। यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो।
सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए। उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस(संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ।
सरकारको सूचनाअनुसार पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जनस्थल बन्द हुनेछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ असार २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट