सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।
दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उन्ले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ