जनकपुरधाम । धनुषाबाट श्रोत खुल्न नसकेको रु ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
उक्त रकमसहित जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ बर्षीय इश्वर मण्डल र सोही ठाउँका १९ बर्षीय राजेश मण्डल छन् । पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ