काठमाडौं । वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।
त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिरोका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक