काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अराजकता र दण्डहीनता देखाएको भन्दै तत्काल पदबाट राजीनामा दिन पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवाले माग गरेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा। गोविन्द केसी र शिक्षाविद् केदारभक्त माथेमाले सोमबार संयुक्त विज्ञप्तिमार्फत अर्थमन्त्रीको राजीनामा मागेका हुन्।
‘यस्ता अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुँदैन। आधारभूत नैतिकतासमेत गुमाएका व्यक्ति मन्त्री पदमा बसिरहँदा पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,’ तीनजनाको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्रीको इमानको विवाद र बहस भइसकेको अवस्थामा या त अर्थमन्त्रीले कुनै अकाट्य प्रमाणसहित अनधिकृत व्यक्तिले बजेट निर्माणमा भूमिका नखेलेको प्रमाणित गर्न, होइन भने तत्काल नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौं।’
आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएकोप्रति आक्रोशसमेत व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्र्फी आलोचना भएको छ।
फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्। सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो। त्यसको सर्वत्र विरोध भएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ असार २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युतको खपत बढाउन ईभीको कर स्थिर राखेका हौँ: अर्थमन्त्री
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव