हिमा बस्नेत प्रदेश १ को सांसदमा नियुक्त

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, २० : ५०
हिमा बस्नेत प्रदेश १ को सांसदमा नियुक्त

काठमाडौ । एमालेकी गुलेफुन खातुनले राजीनामा दिएपछि खसआर्य कोटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ की सांसद बनेकि छिन् । सरकारी कागजात कीर्ते गरेको अभियोगमा दोषी ठहरिएपछि खातुनले पदबाट राजीनामा दिएकी थिइन् । खातुनले राजीनामा दिएपछि सो पद खाली भएको थियो । 

भट्टराईलाई निर्वाचन आयोगले सोमवार पत्र दिएको एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले बताए । एमालेले आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थियो । सोही पत्रका आधारमा भट्टराईलाई  सांसद पदमा चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस