काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।
मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने