ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु: चिरीबाबु महर्जन

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : १४
ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु: चिरीबाबु महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताएका छन्।

सोमबार बिहान ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा वृक्षरोपण कार्यक्रममा उनले यस्ताे बताएका हुन्।‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु। ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु। यदि तपाईं रातिको समयमा उपत्यका बाहिरबाट हवाईमार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ’।

ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको पनि उनले बताए।नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन्।उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताए।नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ।

प्रतिक्रिया दिनुहोस