टेम्पोको ठक्करबाट महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : ०८
टेम्पोको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । दाङको लमही नगरपालिका-५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन्। टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो।टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस