एक दिनमा २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : ०४
एक दिनमा २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४०३ जना सवारी चालकलाई कारबाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४९ जना, लेन उल्लंघन गर्ने १४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८२ जना सवारी चालक रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना चालक पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस