भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १९ : ४३
भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

झापा । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको छ । गत असार १२ गते साझा भारतीय नागरिक नरेश कुमारबावु भाइको हत्या भएको थियो ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ निवासी ३२ वर्षीया जानुका सुवेदी थापा, ४९ वर्षीय बृख वहादुर थापा र सुनसरी वराह क्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।

हत्यापछि उनको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइप भित्र बोरामा बाधेर फालेको अबस्थामा फेला परेको थियो ।

कामको सिलसिलामा २०७६ साल मंसिरमा भारत पुगेकी जानुकासँग उनको चिनजान भएको र चिनजान पश्चात् मृतक नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । हत्यामा संलग्न एकजानलाई भने प्रहरीले समात्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस